यस विद्यालयको विद्यालय सुधार गुरुयोजना निर्माण गर्नुका मुख्य उद्देश्यहरु यसप्रकार रहेका छन् ।
१. मापदण्ड अनुसारका भौतिक पूर्वाधारको विकास गर्नु ।
२. शैक्षिक पूर्वाधारयुक्त विद्यालय वातावरण सिर्जना गर्नु ।
३. अधिकतम प्राविधिक सिप र प्रविधिको प्रयोग गरी बालमैत्री, अपाङ्गमैत्री लैङ्गिक समता सहितको विद्यालयको रुपमा विकास गर्नु ।
४. विद्यालयलाई सिकाई केन्द्रको रुपमा रुपान्तरण गर्नु
५. जोखिम तथा विपत व्यवस्थापनमा सक्षमताको विकास गर्ने ।
६. सक्षमता सहितको उच्च शैक्षिक उपलब्धी हासिल गर्ने ।
७. सुरक्षित एवम् प्रकोप मैत्री विद्यालय भौतिक संरचनाको विकास गर्ने ।
८. बालबालिकाहरुलाई जीवन उपयोगी सिपहरु सिकाई भविष्यमा आत्मनिर्भर बनाउन सहयोग गर्ने ।
९. सेवा क्षेत्र भित्रको विद्यालय उमेर समूहका बालबालिकाहरुलाई शिक्षाको मूलधारमा समेट्ने ।
१०. विद्यालयलाई पूर्णरुपमा शान्ति क्षेत्रको रुपमा विकास गराउने ।
११. विभिन्न प्राविधिक विषय र सिपहरुद्वारा बालबालिकाहरुलाई आत्मनिर्भर बनाउने ।
१२. नयाँ ज्ञान तथा सिपको लागि शिक्षकहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्ने ।
१३. समय सापेक्ष प्रविधि मैत्री सिकाई सञ्चालन गर्ने ।
१४. विभिन्न प्रयोगशालाहरुलाई स्रोतसाधनयुक्त बनाउने ।
१५. पुस्तकालयलाई व्यवस्थित बनाउने र विद्युतीय पुस्तकालय सञ्चालन गर्ने ।
१६. कक्षा शिक्षकलाई शैक्षिक सामग्रीयुक्त बनाउँदै जाने ।
१७. विद्यालयको भौतिक तथा मानसिक वातावरणलाई शान्त र मनोरम बनाउने ।
१८. सुरक्षित पिउने पानी तथा शौचालयको व्यवस्थापन गर्ने ।
१९. खेलकुदका पूर्वाधारहरुको विकास गरी विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने ।
२०. अतिरिक्त क्रियाकलाप र सहक्रियाकलापलाई सिकाईको अभिन्न अङ्गको रुपमा आत्मसाथ गर्दै नियमित रुपमा सञ्चालन गर्ने ।
२१. विभिन्न क्लब, जुरेस, स्काउट एवम् सिकाई समूह गठन गरी सिकाईको साथसाथै सामाजिकीकरणमा प्रेरित गराउने ।
२२. पशु विज्ञान विषयलाई व्यवस्थित गर्न आधुनिक फार्म सञ्चालन, प्रयोगशाला व्यवस्थित गरी प्राविधिक तालिम सञ्चालन गर्ने ।
२३. प्राविधिक विषय अन्तर्गत इन्जिनियरिङ्ग समूह र स्वास्थ्य समूहका विषय थप गर्ने ।