०६:१५ - ४:००

आइतबार देखि शुक्रबार

ओखलढुङ्गा

सिद्धिचरण -४ रुम्जाटार

+९७७ ०३७५४०११९

rumjatar.school@gmail.com

विद्यालय सुधार गुरुयोजना निर्माण प्रक्रिया

विद्यालय सुधार गुरुयोजना निर्माण प्रक्रिया

३.१ नमुना विद्यालय विकास विद्यालय सुधार गुरुयोजनालाई चरणबद्ध रुपमा अघि बढाउनको लागि विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ को बुँदा नं. ३.१ को व्यवस्थाअनुरुप मिति मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले निम्न सदस्य कार्यदल गठन ग¥यो ।

१. संयोजक– प्र.अ. गोकर्णवहादुर बानिया
२. सदस्य– वि.व्य.स. अध्यक्ष – गंगा राम गुरुङ्ग
३. सदस्यस.प्र.अ. केशर बहादुर कटुवाल
४. सदस्य शि. कुन्दन गुरुङ्ग
५. सदस्य शि. पशपति गुरुङ्ग
६. सदस्य शि. खेम गिरी
७. सदस्य शि. सुदर्शन गुरुङ्ग

३.१.१ तथ्याङ्क सङ्कलनको साधन
उक्त कार्यदलले सेवा क्षेत्रभित्रको शैक्षिक, आर्थिक, भौतिक, साँस्कृतिक, सामाजिक एवम् प्राकृतिक अवस्थाको तथ्याङ्क संकलन गरियो । उक्त तथ्याङ्क सङ्कलनको लागि प्राथमिक स्रोत प्रश्नावली तयार गरियो भने द्वितीय स्रोतको रुपमा नमुना सर्वेक्षण, विद्यालय सुधार योजना, गाउँ विकास समितिको पाश्र्वचित्र आदीको प्रयोग गरियो ।
३.१.२ तथ्याङ्क सङ्कलन प्रक्रियाः
कार्यदलले निर्माण गरेको प्रश्नपत्र सेवा क्षेत्रभित्रका सम्पूर्ण घरधुरीमा पुगेर प्रश्नावली भराई प्राथमिक तथ्याङ्क सङ्कलन गरियो भने विभिन्न संघसंस्था र विद्यालयको विभिन्न तथ्याङ्कलाई आधार मानि द्वितीय तथ्याङ्क सङ्कलन गरियो ।
३.१.३ सङ्कलित तथ्याङ्कलाई तथ्याङ्कशास्त्रीय विधिद्वारा विश्लेषण गरी मस्यौदा तयार गरियो ।
३.१.४ प्राथमिक र द्वितीय स्रोतबाट सङ्कलित तथ्याङ्क सङ्कलन र विश्लेषणपश्चात् उक्त तथ्याङ्कलाई विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, अशिक्षक अभिभावक, शिक्षाप्रेमी, स्रोतकेन्द्रका विद्यालय निरिक्षक, स्थानीय गैसस शिक्षाप्रेमी, स्थानीय तह आदिको उपस्थितिमा मस्यौदालाई सुझाव सङ्कलन गर्न छलफल र कार्यशाला विद्यालयको सभाहलमा गरियो । उक्त कार्यशालाको उपस्थिति र मुख्य सुझाव अनुसूचि ४ मा उल्लेख गरिएको छ ।
३.१.५ सरोकारवालाहरुबाट प्राप्त राय सुझावहरुलाई समेत समेटी विद्यालय सुधार गुरुयोजनाको अन्तरिम मस्यौदा तयार गरियो ।
३.८ गुरुयोजनाको मस्यौदा उपर विभिन्न तहमा (विव्यस, शि.अ.सं., शिक्षक, अभिभावक, शिक्षाप्रेमी, स्रोतकेन्द्र, विद्यालय निरीक्षक, स्थानीय गैसस, स्थानीय तह आदि) छलफल एवम् सुझाव सङ्कलन
३.९ प्राप्त सुझावहरुका लागि विद्यालय सुधार गुरुयोजनालाई अन्तिम मस्यौदा रुप प्रदान
३.१० विद्यालय सुधार गुरुयोजनाको मस्यौदा लेखाजोखाका लागि शिक्षा विभागमा पेस गर्ने
३.११ शिक्षा विभागबाट प्राप्त सुझावका आधारमा गुरुयोजनालाई अन्तिम रुप दिई स्वीकृतिका लागि विद्यालय रहेको स्थानीय तहमा पेस गर्ने
३.१२ स्थानीय तहबाट गुरुयोजना स्वीकृत भएपछि कार्यान्वयन गर्ने ।