रुम्जाटार माध्यमिक विद्यालय ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ४ मा अवस्थित छ मा अवस्थित छ । ओखल्ढुंगा जिल्ला सदरमुकामबाट पुर्वमा लगभग ११ किलोमिटर मोटरबाटो तथा डेढ घण्टाको पैदल यात्राको दूरीमा रहेको रुम्जाटार नेपालकै एक प्रशिद्ध र लोकपृय थलो हो । नेपाली जनजिब्रोमा झुण्डिएको “घुमीफिरी रुम्जाटार” भन्ने उखानले समेत यस ठाउँको महत्वलाई अझ बढी झल्काएको छ । यो ठाउँ अत्यन्तै रमणिय छ । रातो माटोले बनेको सम्म टार भएको यस ठाउँमा सुन्तला खेती अत्यन्तै फस्टाएको छ । यहाँको वसोवासमा गुरुङ जातिको बाहुल्यता छ ।