०६:१५ - ४:००

आइतबार देखि शुक्रबार

ओखलढुङ्गा

सिद्धिचरण -४ रुम्जाटार

+९७७ ०३७५४०११९

rumjatar.school@gmail.com

परिचय

१. ऐतिहासिक पृष्ठभूमि

रुम्जाटार माध्यमिक विद्यालय ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ४ मा अवस्थित छ । ओखल्ढुंगा जिल्ला सदरमुकामबाट पुर्वमा लगभग ११ किलोमिटर मोटरबाटो तथा डेढ घण्टाको पैदल यात्राको दूरीमा रहेको रुम्जाटार नेपालकै एक प्रशिद्ध र लोकपृय थलो हो । नेपाली जनजिब्रोमा झुण्डिएको “घुमीफिरी रुम्जाटार” भन्ने उखानले समेत यस ठाउँको महत्वलाई अझ बढी झल्काएको छ । यो ठाउँ अत्यन्तै रमणिय छ । रातो माटोले बनेको सम्म टार भएको यस ठाउँमा सुन्तला खेती अत्यन्तै फस्टाएको छ । यहाँको वसोवासमा गुरुङ जातिको बाहुल्यता छ । अल्पसंख्यक रुपमा रहेका अन्य जातजातिका लागि यहाँको गुरुङ सस्कृति, परम्परा र भेषभुसाले अनुपम आनन्द दिन्छ । यो ठाउँमा वायुसेवा पनि सञ्चालित रहेको र अर्को महत्वपूर्ण कुरा यहाँका धेरजसो पुुरुषहरु भारतिय तथा बृटिस सैनिकसेवाको उच्च ओहदामा पनि भएको हुँदा यहाँको जनजीवन नेपालका सालाखाल गाउँले जीवनको तुलनामाक धेरै सुखी देखिन्छ । यहाँका बासिन्दाहरु अत्यन्तै मिलनसार र पारस्परिक सहयोगको स्पष्ट भावना भएका छन् ।
रुम्जाटार उच्च माध्यमिक विद्यालयको कै भवनमा रुम्जाटार क्याम्पस पनि सञ्चालित छ । एउटै बृहत कम्पाउण्ड भित्र माध्यमिक विद्यालय अन्तरगत विज्ञान, मानविकी, व्यवस्थापन,शिक्षा सिभिल इन्जिनियरिङ, ३ वर्षे वाली विज्ञान कृषि तथा पशु जे.टि.ए. कार्यक्रम र स्नातक क्याम्पस समेत सञ्चालित भएको हुँदा यहाँ आउने विद्यार्थीहरु आफूले छानेको शिक्षा एउटै थलोबाट लिन पाएकोमा पनि धेर खुशी छन् । यहाँबाट जिल्ला सदरमुकाम हुँदै मध्यपहाडी राजमार्गको घुर्मी, विराटनगर धरान तथा काठमाडौंका लागि नियमित बससेवा समेत रहेको छ ।

२. भौगोलिक अवस्थाः

साविक पूर्वाञ्चल विकास क्षेत्र, हाल प्रदेश नं. १ को ओखलढुंगा जिल्ला अन्तर्गत साविकको रुम्जाटार गाउँ विकास समिति वार्ड नं. ८ र हालको सिद्धिचरण न.पा. वार्ड नं. ४ मा रहेको यो विद्यालय सदरमुकाम ओखलढुंगाबाट ११ कि.मि. पूर्वमा रहेको छ । समुन्द्र सतहबाट १३७० मिटरको उचाई तथा २७ं १८’ उत्तरी अक्षांश र ८६ं ३२’ पूर्वी देशान्तमा रहेको यो विद्यालय भौगोलिक रुपमा पहाडी भूगोलमा रहे पनि गाउँ रुम्जाटार समतल रुपमा उत्तरदक्षिण ३ किमी र पूर्वपश्चिम १–२ किमी फैलिएको छ । लगभग जिल्लाको पूर्वी भएर बग्ने ठोट्ने र सिस्ने खोलाको बिचभागमा रहेको र रुम्जाटार एयरपोर्टको रमर्णियता, गाउँको वरिपरि रहेको सुन्दर एवं हरियाली दृश्य, सपनावती मन्दिर तथा उत्तर तर्फ रहेको सानीटार यस गाउँका आकर्षणका केन्द्रहरु हुन् ।

क) बाढी-पहिरोः–
बाढी तथा पहिरोको लागि सुरक्षित आवासीय क्षेत्र पहिचान एवं घर निर्माण, सुरक्षा शिक्षा जस्ता विषयहरुलाई उच्च महत्व दिई कार्यान्वयन गरिएको छ ।
ख) भू–कम्पः-
भूकम्पको बारेमा जानकारी, भूकम्पका असर र भूकम्पले पु¥याउने क्षति, भौतिक संरचनाको निर्माणमा सतर्कता जस्ता विषयवस्तुलाई समेटी सुरक्षा शिक्षा प्रदान गर्ने गरिएको । समग्रमा सम्पूर्ण विपद्लाई मध्यनजर गरी प्रकोपपूर्ण प्रकोपको अवस्था र प्रकोप पश्चात्का पूर्वतयारीहरु तयार गरी अलग अलग रुपमा कार्यान्वयन गर्ने गरिएको छ ।