०६:१५ - ४:००

आइतबार देखि शुक्रबार

ओखलढुङ्गा

सिद्धिचरण -४ रुम्जाटार

+९७७ ०३७५४०११९

rumjatar.school@gmail.com

प्रधनाधापकको संदेश

ओखलढुुंगा जिल्लाको एउटा सुुन्दर वस्ती ,सवैको जनजिब्रोमा झुुन्डिएको “ घुुमीफिरी रुम्जाटार“ भन्ने लोकयुुक्ति अनुुसारको टार रुम्जाटारमा वि.सं २००३ सालतिर अनौपचारिक रुपमा आधारभुुत तहको पठनपाठन शुुरु भई वि.सं २००९ सालमा यस विद्यालयलाई मिडिल स्कुलका रुपमा स्थापना गरियो । यस विद्यालयले वि.सं. २०२८ सालमा स्थानीय समाजसेवी तथा जग्गादाता स्व. खड्गसिंह गुरुङ, भीमराज गुरुङ,महन्तराज गुरुङ,दीपवहादुर श्रेष्ठ, दिलराम लामिछाने, मोतिराज गुरुङ,असोक गुरुङ,भीमवहादुर गुरुङ,कर्णसिंह गुरुङ,नवराज गुरुङ,स्व.पेशल पोखरेल र त्यस्तै अन्य धेरै महानुभावहरुको सहयोग र सक्रियतामा रुम्जाटार हाई स्कुल स्थापना भयो ।

पहिलो पटक २०३० सालमा एसएलसी परीक्षामा सम्मिलित यस विद्यालयलाई २०५२ सालमा रुम्जाटार गुरुङ सेवा समिति, वृटिश आर्मीमा कार्यरत स्थानीय महानुुभावहरु, तात्कालिन गाविस अध्यक्ष मोतिराज गुरुङ, तात्कालिन प्र.अ. दिलराम लामिछाने,वृटिश वेलफेयर स्कीम, सरकारी तथा गरै सरकारी कार्यालय, संघ संस्था विभिन्न समाजसेवी,शिक्षाप्रेमी महानुभावहरुको सक्रियता र सहयोगमा रुम्जाटार उच्च माध्यमिक विद्यालयको स्थापना भयो । २०७३ साल आषाढ १५ गते शिक्षा ऐन आठौं संशोधन पश्चात पुन माध्यमिक विद्यालयको रुपमा रहेको छ ।

प्राविधिक शिक्षाको क्षेत्रमा राष्ट्रिय योगदान पुग्न सकोस् भन्ने अभिप्रायले वि.सं. २०६८ सालदेखि विद्यालयमै थप कार्यक्रमको रुपमा १५ महिने कृषि जे.टि.ए. कार्यक्रम सञ्चालनमा ल्याउन सफल भयो । । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको सम्बन्धनमा यो कार्यक्रम सञ्चालित हुदै आएको छ । त्यही कार्यक्रम र त्यसका अलवा अन्य थप कार्यक्रमहरुले वर्तमानमा यस विद्यालयको पहिचान अलिकति फरक हुन गएको छ । प्राविधिक शिक्षाका लागि देशका विभिन्न शहर धाउनु पर्ने वाध्यता केहि हद सम्म हटेको छ । रुम्जाटार माविमा यहाँहरु कै प्रेम,सदभाव,सहयोग,क्रियाशिलता र संकल्पले २०६८ सालदेखि १५ महिने कृषि जेटिएको साथसाथै सोही शैक्षिक सत्रवाट कक्षा ११र १२मा विज्ञान विषय ,२०७० वाट व्यवस्थापन विषय, २०७१ वाट २९ महिने कृषि जेटिए,२०७२ वाट ३ वर्षे वाली विज्ञान, २०७३ वाट सिभिल इन्जिनियरिङ्ग एवं भेटेरिनरी र २०७५ वाट ३ वर्षे पशुु विज्ञान विषयको कक्षा सन्चालन गरी यस विद्यालयलाई वहुुमखी विद्यालय वनाउन सफल भएका छौं ।

नेपाल सरकारले देशको विभिन्न ११ वटा मात्र विद्यालयलाई पहिलो चरणमा नमूूना विद्यालयको रुपमा छनौट गर्दा रुम्जाटार माध्यमिक विद्यालय पनि छनौट भएको जानकारी गराउन पाउँदा मैले आफुुलाई गौरवान्वित महसुुस गरेको छु । नमुुना विद्यालयका लागि भौतिक पूूर्वाधार विस्तार अन्तरगत यस विद्यालयको नाममा रहेको ढिकवारी स्थित जग्गामा भुुकम्प प्रतिरोधात्मक कक्षा कोठा, क्यान्टिन र छात्रावास भवन बन्दै गरेको गरेको छ । हाम्रो लक्ष्य रुम्जाटारमा एउटा स्नातक तहको प्राविधिक शिक्षालय सन्चालन गर्नु छ । त्यस तर्फ हाम्रो अवको ध्यान केन्द्रित हुने छ । सन्चालनमा रहेका कार्यक्रमहरुको दिगोपन र सन्चालित कार्यक्रमवाट उत्पादित जनशक्ति गुणस्तरयुक्त र वजारमा सहजै विक्री हुने हुनु जरुरत छ । त्यस तर्फ अव हामी केन्द्रित हुने छौं । यो भन्दा अगाडि उत्पादित जनशक्ति पनि वजारमा प्रतिस्पर्धा गर्न लायकका छन् ।अधिकतम जनशक्तिले रोजगार प्राप्त गरेका छन् ।

विद्यालयलाई प्रविधिमैत्री र युुग सुुहाउदो बनाउने शिलशिलामा हामीले रुम्जाटार माध्यमिक विद्यालयको आफ्नै Website सन्चालन गरेका छौ. । यो विषयमा हामी शुुरुवाती चरणमा भएकोले यसलाई सवैका लागि शुुलभ र सहयोगी वनाउन अझै धेरै गर्नुु छ । शुुरुवाती चरणमा नै नकरात्मक टिकाटिप्पणी नगरी सकरात्मक सहयोगको आशा गर्दै यो Website लाई सरोकारवाला सवैले प्रयोग गनुर््हुुुने छ भन्ने अपेक्षा गरेका छौं ।

धन्यवाद ।